Amos

1:1 आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामाभुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए। 2 आमोसले भने, “ परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ। यहाँसम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ। 3 तिनीहरुले धेरै अपराधहरू गरेको कारण, “ म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरुले गिलाद का मानिसहरुलाई फलामको दाँदेले धुलोपारेकोछ। 4 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ। 5 “म दमीशकका बलिया ढोकाहरु पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाईपनि नष्ट पारिदिन्छु। अरामका मानिसहरु पराजित हुनेछन्। अनि उनिहरुलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो। 6 परमप्रभु भन्नुहुन्छ,”म गाजाका बासिन्दाहरुलाई उनीहरुले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किन? किनभने उनीहरुले सम्पूर्ण देशकोबासिन्दाहरुलाई कैद गरेर दासहरु बनाएर एदोमको हातमा सुम्पि दिए। 7 यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबैकिल्लाहरु जलाइ दिनेछ। 8 म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, मएक्रोन का मानिसहरुलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरु मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ। 9 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरुलाई तिनीहरुले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किन? किनभने तिनीहरुले देशकासम्पूर्ण मानिसहरुलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरुले तिनीहरुको दाजु-भाइहरुसंग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 10 त्यस आगोलेसोरको किल्लाहरु पनि ध्वंश पार्नेछ। 11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइइस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरुसरह लगातार इस्राएललाई च्यातिरह्यो। 12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ। 13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागिअधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे। 14 यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ।कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ। 15 त्यस समय तिमीहरु को राजा कैदमा पर्नेछ, राजा र भारदारहरु एकै साथ बन्दी बनाइनेछ।”परमप्रभुले यी सबै कुरा भन्नुभयो।

2:1 परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजालेएदोमको राजाको हड्डी जलाएर चुना बनायो। 2 यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँखैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ। 3 यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरुसितै मार्नेछु।” परमप्रभु यसोभन्नुहुन्छ। 4 परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्नअस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्। 5 यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोलेयरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।” 6 परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडीजुत्ताको मुल्यमा बेचे। 7 तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्। 8 तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरुतिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमापिए। 9 तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए। 10 “मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ। 11 मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन?परमप्रभु भन्नुहुन्छ। 12 “तर तिमीहरुले नाजिरीहरुलाई दाखरस खुवायौ। तिमीहरुले अगमबक्ताहरुलाई अगमवाणी गर्न रोक लगायौ। 13 हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैंदबाउनेछु। 14 कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन। 15 धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सकने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन। 16 परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।”

3:1 हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ। 2 “विभिन्न धेरै परिवारकामानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, मतिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।” 3 दुइ जनाको आपसमा सहमत् नभए सम्म संग-संगै हिडन सक्तैनन्। 4 के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ? 5 जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरापक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरु पक्रनेछ। 6 के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो। 7 मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। 8 यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ? 9 अश्दोद र मिश्रका किल्लाहरुमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरुमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएकोछ। 10 तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।” 11 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नोकिल्लामा लुकाएर राखेका छौ।” 12 जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमासुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्। 13 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरुलाई यो कुराहरुको चेतावनी देऊ। 14 परमप्रभुले न्याय दिनेदिनमाम इस्राएललाई उसका पापहरुको लागि दण्ड दिनेछु। म बेतेलका वेदी ध्वंश गरिदिनेछु र समस्त वेदी भुँइमाखस्ने बनाउँछु। 15 म र्गमिमा बस्ने निवास स्थानकासाथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।

4:1 हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ,“हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।” 2 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाईअंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्। 3 तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,” परमप्रभु भन्नुहुन्छ। 4 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर।गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ। 5 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।” 6 “मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,”परमप्रभु यसो भन्नुहुन्छ। 7 मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमापानी पर्ने गराएँ तर अर्को खेत सुक्यो। 8 यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्तिप्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो। 9 “मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्टपारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ। 10 “मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरुलगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ। 11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनितिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ। 12 “यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ। 13 “परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरुलाई आफ्नो बिचार भन्नुहुन्छ। उहाँनै एक हुनुहुन्छ जसले बिहानलाईअँध्यारोमा परिवर्तन गनुहुन्छ। अनि पृथ्वीका पहाडहरुमाथि चढनु हुन्छ। उहाँको नाउँ यहोवा हो परमप्रभु भन्नुहुन्छ।”

5:1 हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु। 2 इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्। 3 मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्रइस्राएल राष्ट्रमा फिर्ता आए। 4 परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ 5 तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ। 6 परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्तपारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन। 7 हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ? 8 उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ। उहाँले समुद्रकोपानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ। यहोवा उहाँको नाउँ हो। उहाँले बलिया सेनाहरु र किल्लाहरुलाई ध्वंश पार्नुहुन्छ।” 9 10 तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ। 11 अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरुयी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ। 12 मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्नघुस लियौ। 13 त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ। 14 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ। 15 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ। 16 त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेकाहुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्। 17 मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ। 18 आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन। 19 तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामाअडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ। 20 यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन। 21 “म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन। 22 तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन। 23 तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन। 24 तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं। 25 हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ? 26 तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ। 27 यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।

6:1 हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरु। तिमी ‘महत्वपुर्ण मानिस’जसकहाँ ‘इस्रएलका राजपरिवार’ सल्लाहको लागि जान्छन्, तिमीहरुका निम्ति अनिष्ठ हुनेछ। 2 कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्?होइन। 3 हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्। 4 हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्। 5 तिमीहरु गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ। तिमीहरु अल्छिगरि वीणा बजाउँछौ, तिमीहरु दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरुको आकार बनाउँछौजसमा आफ्ना गीतहरु बजाउँछौ। 6 तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ कोपरिवार नष्ट गरिदैछ भन्ने। 7 यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाकोअन्तहुनेछन्। 8 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो, “म यो कुरालाई घृणा गर्छु, जसमा याकुबले घमण्ड गर्छ।म उसको अट्टालिका हरुलाई घृणा गर्छु। यसकारण शत्रुलाई शहर र यसमा भएको प्रत्तेक कुरा लिन दिनेछु।” 9 यस्तो हुनेछ यदि दशदना मानिसहरु घरभित्र छन् भने, तिनीहरु सबै मर्नेछन्। 10 जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डीबाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तलेभन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।” 11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि विशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ र सानो घरहरु अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ। 12 के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले तराम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ। 13 तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं। 14 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरुले तिमीहरुलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।”सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।

7:1 परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैलेदेखें। 2 सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तैसानो छ।” 3 त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।” 4 मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो। 5 तबमैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकुब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।” 6 त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।” 7 तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुलसमातिरहनु भएको थियो। 8 परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो,“हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरुको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन। 9 इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ।इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।” 10 बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाईतिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ। 11 आमोसले भन्यो,“यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरुलाई तिनिहरुको देशबाट निर्वासित गरिनेछ।” 12 अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ। 13 तर यहाँ बेतेलमा ज्यादाउपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो। 14 तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरुरूँग्ने मानिस हुँ। 15 परमप्रभुले मलाई भेडा-बाख्राहरु चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरु इस्राएललाई अगमवाणी गर।’ 16 यसैकारण परमप्रभुकोवचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’ 17 परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी योशहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमिअपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”

8:1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें। 2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने,“ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ। 3 अन्तिम समयमा परमप्रभुकोभवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।” 4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ। 5 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ। 6 तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।” 7 परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।” 8 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। यस देशमा बस्ने प्रत्तेक मानिस मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। मिश्रको नील नदी जस्तैसम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। भूमि यता उता फ्याँकिनेछ।” 9 परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु। 10 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।” 11 परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरुपरमप्रभुको वचनको निम्ति भोकाउनेछन्। 12 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन् अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु परमेश्वरकोवचनको निम्ति यता-उता गर्नेछ तर तिनीहरुले पाउने छैनन्। 13 त्यस समय सुन्दर युवक र युवतीहरु तिर्खाले मुर्छा पर्नेछन्। 14 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ तर यी मानिसहरु लडनेछन् र कहिल्यैपनि उठ्ने छैनन्।”

9:1 मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन। 2 यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु। 3 यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि मसर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ। 4 यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरेंराम्रो गर्ने होइन।” 5 मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्योप्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ। 6 परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथिखन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो। 7 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनिअरामीहरुलाई कोरबाट।” 8 हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबकोघरलाई ध्वंश गर्नेछैन।” 9 हेर! वेकारका मानिसहरुलाई अलग गराउनु इस्राएलका मानिसहरुलाई चालनिमा आँटा चाले झैं हल्लाउनु म आज्ञा दिनेछु। 10 मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।” 11 “त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु। 12 ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।” 13 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समयआइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाटझर्नेछन्। 14 मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाखबारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्। 15 उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो।