Ezekiel

1:1 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुलियो अनि मैले परमेश्वरको दर्शन देख्न सकें। यो तीसौं वर्षको चौथो महीनाको पाँचौ दिन थियो।यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौ वर्षको पाँचौ महीनाको पाँचौ दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो। 2 3 4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातुझैं केही देखिन्थ्यो। 5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। 6 तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेटाहरू थिए। 7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। 8 तिनीहरूको पखेटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पंखेटाहरू थियो। 9 पंखेटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिंडथे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे। 10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। 11 प्राणीहरूको पखेटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। 12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिंड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। 13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेग सँगदौडन्थे। 15 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। 16 17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर जब तिनीहरू हिंडदा प्राणीहरू यत्ता उत्ता घुम्न सक्दैन थिए। 18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए। 19 पाङ्ग्रा सधैं प्राणीहरूसँग हिँडथ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि संगै जान्थ्यो। 20 तिनीहरू त्यहीं जान्थे जहाँ “हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको “हावा” पाङ्ग्राहरू थियो। 21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो। 22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। 23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पंखेटाहरू अनि अर्को दुइवटा पखेटाहरूले यसको शरीर छोपेको थियो। 24 जब-जब त्यो प्राणीहरू हिँड्‌थ्यो, त्यसको पखेटाको ध्वनि बडो तेजसँगआउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोडथे त्यति बेला आफ्नो पखेटा तल झर्थ्यो। 25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। 26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूँईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।

2:1 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा हौ र म तिमीसित कुरा गर्नेछु।” 2 जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें। 3 उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्। 4 म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’ 5 तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्। 6 “हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्। 7 तिमीले तिनीहरूसँगयी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्। 8 “हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान।” 9 अनि जब मैले एउटा हात आफूतिर बढदै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेहेरिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो। 10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दुखका गीत, कथाहरू अनि चेताउनीहरू थिए।

3:1 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेहेरिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।” 2 यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेहेरिएको पत्र मेरो मुखमा राखिदिनु भयो। 3 तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेहेरिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो। 4 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन। 5 मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। 6 मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्। 7 अहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। 8 तर म तिमीलाई त्यति नै हठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। 9 हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विरूद्धमा गएका छन्।” 10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ। 11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ , जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।” 12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।” 13 अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे। 14 आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो। 15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमाबस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें। 16 सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ। 18 यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ। 19 “यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेताउनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेताउनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ। 20 “यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु। 21 “तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किन? किनभने तिमीले उसलाई चेताउनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।” 22 तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।” 23 यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ। 24 तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस। 25 हे मानिसको छोरा! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिनीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्। 26 म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्। 27 तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।

4:1 “हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ। 2 अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ। 3 अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु। 4 “त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति वर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ। 5 तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकवर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ। 6 “तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक वर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।” 7 परमेश्वरले फेरि भन्नुभयो। उहाँले भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ। 8 हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।” 9 परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ। 10 तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ। 11 अनि तिमीले दिनमा एक हिनको छैटौं भाग मात्र पानी पिउन सक्छौ। 12 प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।” 13 तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।” 14 त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।” 15 तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।” 16 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्। 17 किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।

5:1 “हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाह्री त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाईं भाग त्यस ईंटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ। यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार उपयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाई भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु। 2 3 तर त्यति बेला तिमी जानुपर्छ अनि त्यो कपालको केही भाग ल्याउनु पर्छ। त्यो कपालहरू ल्याएर, त्यसलाई छोप अनि त्यसको रक्षा गर। यसले देखाउँछ कि म आफ्नो मानिसहरू मध्ये कतिलाई बचाउँनेछु। 4 अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।” 5 त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईंटा यरूशलेम हो। मैले यरूशलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्। 6 यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधिहरू र विधानहरू पालन गरेनन्।” 7 यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयंकर विपत्ती ल्याइदिनेछु। किन? किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।” 8 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्। 9 म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ। 10 यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।” 11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्। 12 तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु। 13 तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।” 14 परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ। 15 चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु। 16 मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयंकर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, ‘म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ। 17 मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”

6:1 त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको पर्वतहरूपट्टि फर्क। मेरो निम्ति तिनीहरूको विरूद्ध भन। 3 ती पर्वतहरूसित यसो भन‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो संदेश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लडनका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु। 4 तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अघाडी फ्याँकिदिनेछु। 5 म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु। 6 जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याई दिनेछु। तिनीहरू शहरहरूमा खाली ढुङ्गाको थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस्। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायौ त्यो पूर्ण रूपमा नष्ट पारिनेछ। 7 म्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।”‘ 8 परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु। 9 त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाईखण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए। 10 तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठानें भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हुँ।” 11 तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेताउनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ। 12 टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुन छाड्नेछु। 13 अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ।” तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ। 14 तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरूभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”

7:1 तब परमप्रभुको सन्देश मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति होअन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ। 3 अब तिम्रो अन्त्य आएको छ। म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु। म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ। तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु। 4 म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।” 5 परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ। 6 अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ। 7 तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ। 8 म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु। 9 म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ। 10 “दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ। 11 त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन। 12 “दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ। 13 मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन। 14 “तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु। 15 तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ। 16 “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दुखले भरिएको आवाज निकाल्नेछन्। 17 मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ। 18 तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्। 19 तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्। 20 “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु। 21 म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्। 22 म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्। 23 “कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ। 24 म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्। 25 “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं। 26 तिमीले एक पछि एक गर्दै दुखको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन। 27 तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”

8:1 एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं वर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो। 2 मैले देखें त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो। 3 तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो। 4 त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको खोल्चामा देखे। 5 परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो। 6 तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।” 7 यसकारण म चोकको प्रवेशद्वारमा गएँ अनि मैले भित्तामा एउटा प्वाल देखें। 8 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो। त्यो भित्ताको प्वाल भित्र पस।” यसकारण म भित्ताको प्वाल भएर गएँ अनि यहाँ मैले एउटा ढोका देखें। 9 तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।” 10 यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो। 11 तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उडदै थियो। 12 तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।”‘ 13 तब परमप्रभुले मलाई भन्नुभयो, “यदि तिमी मसँग आयौ भने ती मानिसहरूले गर्दै गरेको डरलाग्दो कामहरू तिमीले देख्नेछौ।” 14 तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले स्त्रीहरू बसेर रूँदै गरेको देखे। तिनीहरू झूटा देवता तम्मूजको विषयमा शोक मनाइरहेका थिए। 15 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयंकर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयंकर चीजहरू देख्नेछौ?” 16 तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए! 17 तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्। 18 म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”

9:1 तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो। 2 तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए। 3 तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो संघारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो। 4 तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दुखी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।” 5 तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर। तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिम्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरू गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरू गरे। 6 7 परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ!” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले। 8 जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यहीं उभिरहें। मैले मेरो शिर भूईतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यरूशलेमको विरूद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मार्दैहुनु हुन्छ?” 9 परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किन? किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’ 10 अनि म दया देखाउँने छैन्। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वंयले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिंदैछु जसको यिनीहरू पात्र हुन्।” 11 तब सूती लुगा लगाए र लेखकको लेख्ने साधनहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरे जुन तपाईंले आज्ञा दिनु भएको थियो।”

10:1 तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो। 2 तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”मैले हेरिरहेको थिए मानिस भित्र गयो। 3 जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो। 4 तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो। 5 तब मैले करूब स्वर्गदूतको जोडसित पंखेटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो। 6 परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो। 7 करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो। 8 (करूब स्वर्गदूतको पंखेटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।) 9 तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो। 10 त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो। 11 जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे। 12 त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पखेटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो। 13 ती पाङ्ग्राहरूलाई, “हुरूरू घुम्ने पाङ्ग्रा” भनेको मैले सुनें। 14 प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो। 15 तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए।तब करूबहरू हावामाथि उडे। 16 तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्। 17 यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किन? किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो। 18 त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्‌यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो। 19 त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोडदै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो। 20 त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो। 21 प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो। 22 करूब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्थे जुन दिशा तर्फ तिनीहरू गइरहेका हुन्थे।

11:1 तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए। 2 त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्। 3 तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’ 4 तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।” 5 तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ। 6 तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ। 7 अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्। 8 तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।”‘ परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ। 9 परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु! 10 तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ। 11 हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु! 12 त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।” 13 मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?” 14 तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो, 15 “मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।”‘ 16 “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ। 17 यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु। 18 अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्। 19 म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु। 20 तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘ 21 त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो। 22 तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो। 23 परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो। 24 तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें। 25 त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।

12:1 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्। 3 यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो व्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिनीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्। 4 “दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै हुउन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ। 5 मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ। 6 राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किन? किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।” 7 यसैकारण मैले आज्ञा गरे अनुसार गरे। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको उपयोग गरें अनि भित्तामा प्वाल बनाए। राती मैले आफ्नो समान काँधमा राखें अनि गएँ। मैले यो सब यसप्रकारले गरें कि सबैले मलाई देखोस्। 8 भोलि पल्ट बिहान मैले परमप्रभुको वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 9 “हे मानिसको छोरो, के इस्राएलका ती विद्रोहीहरूले तिमीलाई सोधे तिमीले के गर्दैछौ भनेर? 10 तिनीहरूलाई भन कि परमप्रभु तिनीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दुखको संन्देश यरूशलेमका बूढा-प्रधानहरू अनि यरूशलेममा बस्ने इस्राएलका सबै मनिसहरूको विषयमा हो। 11 तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्। 12 तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि उ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन। 13 उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ। 14 म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ। 15 त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारें। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरू देशहरूमा जान बाध्य पारें। 16 “तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।” 17 तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो, 18 “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ। 19 तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ। 20 तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि ‘म नै परमप्रभु हुँ।”‘ 21 तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 22 “हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछनविपत्ति चाँढै आउँदैन, दर्शन कहिल्यै हुँदैन। 23 “ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढन बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्विपत्ति चाढै आउँछ, दर्शन पूरा हुनेछ। 24 “यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँचो हुँदैन। 25 किन? किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घटना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाडैं आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेनै छाडछु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो। 26 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 27 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झनछन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै वर्ष पछि घट्नेछ। 28 यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाडनेछ।”‘ परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

13:1 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन! 3 परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुसरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ। 4 “इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्। 5 तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ। 6 “‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्। 7 “‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिन।”‘ 8 यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो। 9 परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ। 10 “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्। 11 तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ। 12 पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?”‘ 13 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, ‘म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु। 14 तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 15 अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’ 16 “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो। 17 परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ। 18 ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न “फेटा” बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ। के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ। 19 तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ। 20 यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ ‘म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पक्षीहरू जस्तै हुनेछन्। 21 म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ। 22 “‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ। 23 तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ। म नै परमप्रभु हुँ।”‘

14:1 इस्राएलका केही बढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे। 2 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 3 “हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लेउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अहँ! 4 तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफै दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु। 5 किन? किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’ 6 “यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क 7 यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाहमा निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु। 8 म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ। 9 यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु। 10 यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवक्ता जसले उत्तर दियो दुवैले एउटै दण्ड पाउँनेछन्। 11 किनकि यसप्रकारले त्यो अगमवक्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन अनि म तिनीहरूको परमेश्वर बनिन्छु।”‘ परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो। 12 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 13 “हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरूद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु। 14 म त्यस देशलाई दण्ड दिन्छु त्यहाँ नूह, दानियल अनि अय्यूब नै किन नबसुन्, उनीहरू आफ्नो जीवन आफ्नो धार्मिकताद्वारा बचाउँन सक्छन् तर तिनीहरूले सम्पूर्ण देशलाई बचाउँन सक्तैनन्।” परमप्रभु मेरा मालिकले यी सबै कुरा भन्नुभयो। 15 परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्। 16 यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने म ती तीनै जनालाई बचाउने थिँए। ती तीनै जना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो तीनैजना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो जीवनको शपथ खाएर भन्छु कि तिनीहरूले आफ्नो बाहेक अरूको जीवनसितै आफ्नो छोरा-छोरी पनि बचाउँन सक्ने थिएनन्। त्यो नराम्रो देश नष्ट गरिनेछ।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो। 17 परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु। 18 यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें। ती तीन जनाले आफ्नो जीवन स्वंय बचाउँन सक्छन्। म मेरो जीवनको शपथ खाएर भन्छु कि अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन् यहाँ सम्म कि आफ्नो छोरा-छोरीको जीवन पनि बचाउँन सक्ने थिएन। त्यो देश सम्पूर्ण रूपमा नष्ट गरिइनेछ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 19 परमेश्वरले भन्नुभयो, “अथवा म त्यस देशको विरूद्ध रूढी (महामारी) पठाउँन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु। 20 यदि नूह, दानियेल अनि अय्यूब त्यहाँ बस्थे भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें किनकि ती तीनैजना राम्रा मानिसहरू हुन्। ती तीनैजना आफ्नो जीवन स्वंय बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउँनु सक्तैनन।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो। 21 त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु। 22 केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरूशलेममा ल्याउँनेछु त्यो न्यायसगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्तवना पाउनेछौ। 23 तिमीहरूले तिनीहरूको बस्ने ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।

15:1 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ। 3 के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ! 4 यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ? 5 यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ! 6 यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो। 7 “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्। 8 म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

16:1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्। 3 तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन। 4 यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्। 5 यरूशलेम, तिमी एक्लै थियौ। कसैले पनि तिमीप्रति दया देखाएन, न त कसैले तिमीलाई हेरचाह नै गर्यो। हे! यरूशलेम तिमी जन्मिएको दिन, तिम्रो आमा-बाबुले तिमीलाई खेतमा राखिदिए। जब तिमी जन्मियौ तिमी रगतमा लपेटिएका थियौ। 6 “त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!” 7 मैले तिमीलाई खेतमा बिरूवा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयौ। तिमी जवान स्त्री बनियौ, तिम्रो मासिक-धर्म आरम्भ भयो, तिम्रो स्तन बढ्यो, तिम्रो कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वस्त्रहीन र नाङ्गै थियौ। 8 मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 9 “मैले तिमीलाई पानीले नुहाई दिएँ। मैले तिम्रो रगत धोई दिएँ अनि तिम्रो शरीरमा तेल मालिश गरिदिएँ। 10 मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ। 11 तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ। 12 मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ। 13 तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बुट्टा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायौ। तिमी अत्याधिक सुन्दरी थियौ अनि तिमी रानी बनियौ 14 तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 15 परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं। 16 तिमीले आफ्नो सुन्दर लुगा लियौ अनि त्यसको उपयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौं। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो! 17 तब मैले दिएको सुन्दर गर-गहना लियौ अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउँनमा प्रयोग गर्यौं। तिमीले तिनीहरूलाई वेश्याले झैं पूज्यौ। 18 त्यसपछि तिमीले सुन्दर लुगा लियौ अनि ती मूर्तिलाई लगाई दियौ। तिमीले सुगन्धि धूप अनि बत्ती लियौ जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ। 19 मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो। 20 परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो? 21 तिमीले मेरो छोराहरूको हत्या गर्यौ अनि तिनीहरूलाई ती झूटा देवताहरूकोमा चढायौं। 22 तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं। 23 “ती सबै नराम्रा चीजहरू पछि, हे यरूशललेम! यो तिमीलाई एकदमै नराम्रो हुन्छ।” परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो। 24 “ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ। 25 तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ। 26 तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई क्रोधित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं। 27 यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए। 28 त्यसपछि तिमीले अश्शूरहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ। 29 यसकारण तिमी कनान पट्टि फर्कियौ अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ। 30 तिमी साह्रै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो। 31 “तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ। 32 तिमी व्यभिचारी स्त्री हौ। तिमीले आफ्नो पतिको भन्दा विदेशीहरूसँग शारीरिक संम्बन्ध राख्न ज्यादा राम्रो मान्यौ। 33 प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ। 34 तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफुसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।” 35 हे वेश्या! परमप्रभुको वचन सुन। 36 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो। 37 यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्। 38 त्यसपछि म तिमीलाई दण्ड दिन्छु। म तिमीलाई कुनै हत्यारिनी अनि त्यस स्त्रीलाई जस्तै दण्ड दिन्छु जसले व्यभिचारी पाप गरेकी छ। तिमी त्यस्तै दण्डित हुनेछौ मानौ कुनै क्रोधित तथा ईष्यालु पतिले आफ्नी पत्नीलाई दण्ड दिए जस्तै। 39 म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ। 40 तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्। 41 अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ। 42 त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन। 43 यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 44 “तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’ 45 तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए। 46 तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। उ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी! 47 तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो। 48 म परमप्रभु अनि मालिक हुँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिम्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पनि त्यति नराम्रो काम गरेनन् जति तिम्रो छोरीहरूले गरे।” 49 परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए। 50 सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखें, मैले दण्ड दिएँ।” 51 परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ। 52 यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिम्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायौ। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।” 53 परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु। 54 म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ। 55 यस्तो प्रकारले तिमी अनि तिम्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिम्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।” 56 परमेश्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिम्रो बहिनी सदोमको हाँसो उडाउथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ। 57 तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउँन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिश्तीले अहिले तिम्रो हाँसो उडाइरहेकाछन्। 58 अब तिमीले जुन भयंकर पाप गर्यौ त्यसका निम्ति कष्ट उठाउँनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। 59 परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौ। 60 तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियों। 61 म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ। 62 यसकारण म तिमीसित मेरो करार बाँध्नेछु र तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ। 63 तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।

17:1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो? 3 तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो। 4 त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो चुडाँयो अनि कनान लिएर गयो। गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।” 5 त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो। 6 बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो। 7 त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्। 8 दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो। यसले हाँगाहरू अनि फल दिन सक्थ्यो। यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।” 9 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अहँ! नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ। त्यसले सबै दाख खान्छ। त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ। त्यो बोट एकदमै कमजोर हुन्छ। त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन। 10 के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ! गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ। यो त्यहीं मर्छ जहाँ रोपेको थियो।” 11 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 12 “यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो। 13 त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो। 14 यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो। 15 तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?” 16 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो। 17 मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्। 18 तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।” 19 परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो। 20 म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो। 21 म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।” 22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु। 23 “म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्। 24 “तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”

18:1 परमप्रभुको वचन मकहाँ आयो, 2 “तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ;आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए। 3 तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँचो सम्झँदैनन्! 4 म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्! 5 “यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ। 6 त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन। 7 असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ। 8 यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। उ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्। 9 उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ। 10 “तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ। 11 छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। उ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ। 12 उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ। 13 कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयंकर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ। 14 “सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ। 15 त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्। 16 त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ। 17 उसले गरीबलाई सहायता गर्छा यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोराले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ। 18 उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन। 19 “तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण उ बाँचिरहन्छ। 20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ। 21 “यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ। 22 परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।” 23 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्। 24 “यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोडन सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।” 25 परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्। 26 यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ। 27 यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ! 28 त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!” 29 इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।”परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्। 30 किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ? 31 म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो। 32

19:1 परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ! 2 “‘कस्तो सिंहिनी तिम्री आमा? ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई। ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी। 3 ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई। त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो। त्यसले शिकार गर्न सिक्यो। त्यसले एउटा मानिसलाई मार्यो अनि खायो। 4 जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए। 5 आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ। तर अहिले तिनका सबै आशा हराए। यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई। त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई। 6 त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो। 7 उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे। 8 त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए अनि तिनीहरूले त्यलाई खाल्डामा पारे। 9 तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ। 10 तिम्री आमा पानीको छेउको दाखको बोट जस्तै थिई। त्योसँग प्रशस्त पानी थियो। यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी। 11 त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो। 12 तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो। 13 तर त्यो दाखको बोट अब मरूभूमिमा रोपियो, यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो। 14 विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”

20:1 एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं वर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए। 2 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 3 “हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’ 4 हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए। 5 तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 6 त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो। 7 “मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” 8 तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें। 9 तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ। 10 मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरूभूमिमा लिएर गएँ। 11 त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ। 12 मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ। 13 “‘तर इस्राएलको परिवार मरूभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुसरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरूभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें। 14 तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्। 15 मैले मरूभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो। 16 “‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुसरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए। 17 तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिन्। 18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुसरण नगर। तिनीहरूको आदेशहरू पालन नगर। 19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु। 20 यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।” 21 “‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरूभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्। 22 तर मैले आफैलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिन्। 23 यसकारण मैले मरूभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें। 24 “‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे। 25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्। 26 मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’ 27 यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए। 28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटीती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए। 29 मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ।“‘ 30 परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे। 31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन। 32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि दुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।”‘ 33 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु! 34 म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु। 35 म तिमीलाई मरूभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ। 36 म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरूभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 37 “म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु। 38 म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।” 39 हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।” 40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाँउ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ। 41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्। 42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहाँ पाउछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ। 43 त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ। 44 हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउँनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 45 तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो। 46 “हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलकोविरूद्ध अगमवाणी गर। 47 नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ। 48 त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउँन सक्तैंन।”‘ 49 त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँचो हुनेछ।”

21:1 यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन। 3 इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु। 4 म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु। 5 तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।”‘ 6 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दुखमा परेको मानिसको जस्तो दुखको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ। 7 तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो। 8 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 9 “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ। 10 तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ। 11 यसकारण तरवारलाई टल्काइएको हो। अब यो प्रयोग गर्न सकिन्छ। तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ। अब यो मार्नेको हातमा दिइसकेको छ। 12 “हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट। 13 किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,“तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ! 15 तिनीहरूको हृदय डरले पग्लिनेछ, अनि धेरै मानिसहरू लड्नेछन्, धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्। तरवार बिजुलि जस्तै चम्कनेछ। यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो। 16 हे तरवार! धारिलो हो! तरवार दाहिनेपट्टि काट सीधै छेउमा काट देब्रे पट्टि काट, जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ। 17 तब म ताली बजाउनेछु अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु। म परमप्रभुले नै भनेको हुँ।” 18 परमप्रभुको वचन फेरि मकहाँ आयो, 19 “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ। 20 जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ। 21 यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो। 22 “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग ध्वंस गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शरू गर्नेछ। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ। 23 इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।” 24 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ। 25 अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!” 26 परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्। 27 म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।” 28 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो! 29 तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ। 30 “‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ। 31 म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्। 32 तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।”‘

22:1 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे? 3 तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो। 4 “‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्। 5 टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउँने छन्। तिमीले आफैलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ। 6 “‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्। 7 यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्। 8 तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्। 9 यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन् यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्। 10 “‘यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्। 11 कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्। 12 “‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 13 परमेश्वरले भन्नुभयो, “अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु। 14 के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें! 15 म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु। 16 तर यरूशलेम तिमी अपवित्र हुन्छौ अनि अरू देशहरूले यो घटना देख्नेछ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।” 17 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो, ताँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ। 19 यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु। 20 कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो। 21 म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ। 22 चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि ‘म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।”‘ 23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन। 25 यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए। 26 “पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु। 27 “‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्। 28 “अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको उपयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन। 29 “सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्। 30 “देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउन सकिन। 31 यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

23:1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! सामरिया र यरूशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहरू एउटै आमाका छोरीहरू थिए। 3 तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए। 4 ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।) 5 “त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली। 6 उसले अश्शूरको सैनिकलाई तिनीहरूको वैजनी वस्त्र देखी तिनीहरू घोडाहरूमा चढने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहरू राजपालहरू अनि अधिकारीहरू थिए। 7 अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! उ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई। 8 यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-व्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेममा फस्यो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झूटो प्रेम गर्थ्यो। 9 यसकारण मैले त्यसको प्रेमीहरूलाई त्यसको कुमारी अवस्था भोग गर्न दिएँ। उसले अश्शूरहरूलाई चाहन्थी, यसकारण मैले उसलाई तिनीहरूसित छोडि दिएँ। 10 तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्। 11 “उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू घटेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई। 12 ऊ अश्शूरको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहरू सबै मनपर्दो जवान मानिसहरू थिए। 13 मैले देखें ती दुवै स्त्रीहरू एउटै गल्ती गरे आफ्नो जीवन नष्ट गरिरहेका थिए। 14 “ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो। 15 तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो। 16 ओहोलिबाले तिनीहरूलाई चाहन्थी। उसले तिनीहरूलाई आमन्त्रित गर्नका निम्ति स्वर्गदूत पठाई। 17 यसकारण बाबेलवासीहरू त्यसको ओछ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहरूबाट भ्रष्ट भए पछि वाक्क भएर त्यसको मन तिनीहरू देखि हट्यो। 18 “ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो। 19 ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-व्यापार याद गरि जुन उसले युवावस्थामा मिश्रमा गरेकी थिई। 20 उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी। 21 “ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए। 22 यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्। 23 म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँनेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउनेछु अनि ती सबैलाई अश्शूरबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहरू सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए। 24 तिनीहरूको भीड तिम्रोमा आउने छ। तिनीहरू आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेछन्। तिनीहरू धेरै संख्यामा हुनेछन्। तिनीहरूसित भाला, तिनीहरूको ढाल अनि तिनीहरूको शिरमा सुरक्षा कवच हुनेछ। तिनीहरू तिम्रो चारै तिर जम्मा हुनेछन्। म तिनीहरूलाई बताउनेछु कि तिनीहरूले मसँग के गरे अनि तिनीहरूले आफ्नो तर्फबाट तिनीहरूलाई दण्ड दिनेछन्। 25 म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्। 26 तिनीहरूले तिम्रो राम्रो लुगा गर-गहनाहरू लिनेछन। 27 अनि म तिम्रो मिश्रसित व्यविचार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहरूतिर फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।”‘ 28 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ। 29 अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्। 30 यी चीजहरू तिमीमाथि आइलाग्यो किनभने तिमी आफैले आफैलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायौ अनि तिमीहरूका घिनलाग्दा मूर्तिहरूले फोहोर बनायौ। 31 तिमीले आफ्नो दिदी कै चालमा हिँड्‌यौ अनि त्यसरी नै गरिरहयौ। तिमीहरू आ-आफैले विषको कचौरा लियौं अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वंय कमायौ।” 32 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “तिमीले आफ्नो दिदीको बिषको कचौरा पिउँनेछौ। यो विषको कचौरा लामो-गहिरो छ। त्यो कचौरामा धेरै बिष छ। मानिसहरू तिमीप्रति हाँस्नेछन् अनि हाँसो उडाउँनेछन्। 33 तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ। तिमी ज्यादै अस्थीर हुनेछौ। यो ध्वंश अनि सर्वनाश हो। यो त्यही कचौरा जस्तै हो, जुन तिम्रो दिदी सामरियाले पिएकी थिई। 34 तिमीले त्यही कचौराबाट विष पिउनेछौ। तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ। तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ। यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ अनि मैले यी कुराहरू भनें। 35 “यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।”‘ 36 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्। 37 तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे। 38 तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन। 39 तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे। 40 “तिनीहरूले अत्यन्तै टाढो ठाँउमा मानिसहरूलाई बोलाए। यी मानिसहरूका निम्ति तिमीले एउटा स्वर्गदूत पठायौ अनि तिनीहरू तिमीलाई हेर्न आए। तिमीले तिनीहरूको निम्ति नुहायौ, आफ्नो आँखा सिंगार्यौ अनि गर-गहनाहरू लगायौ। 41 तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ। 42 “यरूशलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्थ्यो। तिनीहरू मध्ये यरूशलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरूभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो राम्रो शिरवन्दीहरू दिए। 43 तर मैले त्यो स्त्रीसित बात गरें, जो व्यभिचार कर्मले शिथिल भएकी थिई। मैले उसलाई भनें, ‘के तिनीहरूसित लगातार व्यभिचार गरिरहन सक्छन, अनि उसले त्यससित व्यभिचार गरिरहन् सक्छे?’ 44 तर ऊ त्योसित त्यसरी नै गईरहयो जसरी एउटा वेश्या भएकहाँ ऊ जान सक्थ्यो। हो, ऊ ती दुष्ट स्त्रीहरू ओहोला अनि ओहोलिबाकहाँ गइरह्यो। 45 “तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।” 46 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलिबालाई सजाय दिनेछन्। मानिसहरूको त्यो समूहले ती दुइ स्त्रीहरूलाई दण्ड दिनेछन् तथा तिनीहरूको हाँसो उडाउँनेछन्। 47 तब त्यो समूहले तिनीहरूलाई ढुङ्गा हान्नेछन् अनि तिनीहरूलाई मार्नेछन्, तब त्यो समूहले आफ्नो तरवारले स्त्रीहरूलाई टुक्रा पार्नेछन् ती स्त्रीहरूको नानीहरूलाई मार्नेछन् अनि घर जलाई दिनेछन्। 48 यस्तो प्रकारले म यो देशको दुष्टतालाई अन्त गरिदिनेछु, अनि सबै स्त्रीहरूलाई चेताउनी दिनेछु कि तिनीहरूले अब यस्तो लज्जित काम नगरून् जुन तिमीहरूले गर्यौ। 49 तिनीहरूले तिमीलाई त्यो दुष्ट कामको निम्ति दण्ड दिनेछन जुन तिमीले गर्यौ अनि तिमीलाई तिम्रो आफ्नो मूर्तिको निम्ति पनि दण्ड दिइनेछ। त्यस बेला तिमीले थाहा पाउँनेछौ कि म नै परमप्रभु अनि मालिक हुँ।”

24:1 परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं वर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’ 3 यो कुरा त्यो घरानालाई भन (इस्राएल) जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“‘भाँडा आगोमाथि राख, भाँडा राख अनि त्यसमा पानी हाल। 4 त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल, फिला अनि कुमको मासुको टुक्राहरू हाल। भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर। 5 बगालको राम्रो-राम्रो पशुहरू उपयोग गर, भाडाको तल पूरा आगो लगाऊ, अनि मासुको टुक्राहरू पकाऊ। सुरूआलाई त्यस बेला सम्म पकाऊ जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’ 6 यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ! 7 यरूशलेम त्यो कलंकित दाग लागेको भाडा जस्तै हो। किन? किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ! उसले खुल्ला चट्टानमा रगत हाली। उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई। 8 मैले त्यसको रगत खुल्ला चट्टानमा हालें। यसकारण यो नछोपियोस्। मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस् अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।’ 9 यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ। म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु। 10 भाँडाको मुनि धेरै दाउरा लगाऊ। आगो बाल राम्रोसँग मासु पकाऊ। मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ जब सम्म ती हड्डीहरू गल्दैनन्। 11 तब भाँडालाई खाली कोईलामा छोडीदेऊ। यसलाई यति तातो हुनु देऊ कि यसको दाग पनि डडोस्। त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्। 12 यरूशलेमले आफ्नो दागलाई धनुको लागि कठोर परिश्रम गर्न सक्छ तर त्यो ‘खिया’ जाँदैन। आगोले (दण्डले) मात्र त्यो खिया हटाउँनु सक्छ! 13 तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन। 14 म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दुखीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ।’ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।” 15 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैलाई रून नदेऊ। 17 तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।” 18 त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरें जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो! 19 त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?” 20 मैले तिनीहरूलाई भने, “परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 21 इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्। 22 तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्। 23 तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ। 24 यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्यो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ ‘म नै परमप्रभु हुँ।”‘ 25 “हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु। 26 बाँच्नेहरू मध्ये एकजनाले तिमी कहाँ नराम्रो समाचार लिएर आउनेछ। 27 त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् ‘म नै परमप्रभु हुँ।”‘

25:1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन। 3 अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए। 4 यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्। 5 “‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेडाहरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 6 परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ। 7 यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”‘ 8 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’ 9 म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि किर्यातैम जुन त्यस देशको महिमा हुन म लिनेछु। 10 त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिन्छन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिनेछ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए। 11 यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।” 12 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।” 13 यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्। 14 म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरूद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरूद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो। 15 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।” 16 यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु। 17 म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोध द्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

26:1 देशबाट निकालिएको एघारौं वर्षको महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”‘ 3 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।” 4 परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु। 5 टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ। 6 मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।” 7 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्। 8 नबूकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहर) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँनेछ! त्यसले तिम्रो शहरको चारैतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँनेछ। 9 त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मूढाहरू लिएर आउँनेछ। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू उपयोग गर्नेछ। 10 त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाले भत्काइनेछ। 11 बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ। 12 नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीचहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ। 13 यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्। 14 म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। 15 परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्। 16 तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दुख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले तिनीहरूको काम्ने (पाटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै ध्वंश भएकोमा आघात हुनेछन। 17 तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्।“‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ। समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए। तिमी प्रसिद्ध थियौ। तर अहिले तिमी केही छैनौ। तिमी समुद्रमा शक्तिशाली थियौ अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए। तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई भयभीत पार्यो। 18 अब जुन दिन तिम्रो पतन हुन्छ समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ। तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।”‘ 19 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ। 20 म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ! 21 अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

27:1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुखको गीत गाऊ। 3 टायरको विषयमा यसो भन“‘टायर, तिमी समुद्रको द्वार हौं। तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ, समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।’ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ। तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ। 4 भूमध्य सागर तिम्रो शहरको चारैतिर सीमाना बनाउँछ! तिम्रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए। तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ। 5 तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति सेनीर पर्वतबाट सनौवर वृक्षको उपयोग गरे। तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति लबानोनबाट देवदार बनको प्रयोग गरे। 6 तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको बज्राँठका तक्ताहरूबाट बनाए। तिम्रो जहाजका कोठाहरू बनाउन तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे। तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे। 7 तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे। 8 सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए। बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो। 9 गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’ 10 “फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए। 11 अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए। 12 “तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो। 13 याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे। 14 तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे। 15 रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे। 16 एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे। 17 “यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए। 18 दमीश्क एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो। 19 जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो। 20 ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो। 21 केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए। 22 शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे। 23 हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे। 24 तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ। 25 तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो।“टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ, तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ। 26 तिम्रो नाविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो, तर शक्तिशाली पूर्वी बतासले तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो। 27 अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ। तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू, अनि तिम्रो नाविकहरू, तिम्रो मानिस जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन् तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्। यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ! 28 तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ! 29 जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन् अनि समुद्रको किनारमा उभिनेछन। 30 ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ। 31 उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछन्, चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ। 32 तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो। 33 तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं! 34 तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयो। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके! 35 समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ। 36 अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्। घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्, किनकि तिम्रो अन्त्य आएकोछ। तिमी भविष्यमा रहनेछैनौं।”‘

28:1 परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ। 3 तिमी सोच्छौ कि तिमी दानियल भन्दा बुद्धिमान छौ! तिमी सम्झन्छौ कि तिमीले सारा रहस्यहरू जानेकाछौ। 4 आफ्नो बुद्धि र ज्ञानबाट तिमीले सम्पत्ति कमायौं अनि तिमीले आफ्नो भण्डारमा सुन-चाँदी राख्यौं। 5 आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा तिमीले सम्पत्ति बढायौं अनि त्यो सम्पत्तिले गर्दा तिमी घमण्डी भयौं। 6 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ टायर, तिमीले सोच्यौं तिमी देवता जस्तै हौ। 7 म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु। तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्, तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन् अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं। तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ। 8 तिनीहरूले तिमीलाई तल चिहानमा पुर्याउनेछन्। तिमी त्यो व्यापारी जस्तै हुनेछौ जो समुद्रमा मर्यो। 9 त्यो मानिसले तिमीलाई मार्नेछ। के अहिले सम्म तिमी भन्छौ, “म देवता हुँ?” त्यससमय उसले तिमीलाई आफ्नो अधिकारमा लिनेछ। त्यस समय तिमीले सम्झनेछौं कि तिमी मानिस मात्र हौं, परमेश्वर होइनौ। 10 तिमी परदेशीहरूको हातमा बेखतनाको मानिस झैं मर्नेछौ। यो हुने नै छ किनभने मैले यस्तो भनेकोछु।”‘ परमप्रभु मेरो मालिकले यी सब भन्नुभयो। 11 परमप्रभु मेरो मालिकको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 12 “हे मानिसको छोरो, टायरको राजाको विषयमा दुखपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी आदर्शवाद मानिस थियौं, तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ। 13 तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो। 14 तिमी चुनिएका करूब स्वर्गदूत थियौं। तिम्रो पखेटा मेरो सिंहासन सम्म फैलिएको थियो अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें। तिमी त्यो रत्नको बीचमा हिँड्‌यौ जुन आगो जस्तै दन्किरहेको थियो। 15 तिमी असल अनि ईमान्दार थियौं जब मैले तिमीलाई बनाएँ। तर त्यसपछि तिमीमा दुष्ट कुरो पाइयो। 16 तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं। यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें, मानौं तिमी अपवित्र चीज हौ। मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ। तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ तिम्रो पखेटा मेरो सिंहासनमा फैलिएको थियो, तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ। 17 तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं, तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो, यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्। 18 तिमीले धेरै नराम्रो काम गर्यौ, तिमी अत्यन्तै कपटी व्यापारी थियौ। यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ, यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए, यसकारण तिमीलाई जलायो अनि तिमी जमीनमा खरानी भयौं। अब प्रत्येकले तिम्रो लाज देख्नेछन्। 19 अरू देशको सबै मानिसहरू, तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए। तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए। तिमी अन्त भयौ।”‘ 20 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन। 22 भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छसीदोन म तिम्रो विरूद्धमा छु। तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्, म सीदोनलाई दण्ड दिन्छु, त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु। अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्। 23 म सीदोनमा रोग अनि मृत्यु पठाउँछु, शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ। त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।”‘ 24 “‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।” 25 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ। 26 तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”

29:1 देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल। 3 भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।” 4 तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु। नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु। तिम्रो कत्लाहरूमा टाँसिएका माछाहरूसितै तिमीलाई म नदीबाट बाहिर निकालिदिनेछु। 5 म तिमीलाई सबै माछाहरूसितै मरूभूमिमा फ्याँकिदिनेछु अनि तिमी जमीनमा खस्नेछौ। 6 तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। म यो कामहरू किन गर्दैछु? किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो। 7 इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे। तर तिमीहरू घरल्याम्मै लड्यौ अनि तिनीहरूको काधँहरूमा चोट पुर्यायो। तिनीहरू सहायताको लागि तिमीमाथि भर परे। तर तिमी भाँच्चियौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ।”‘ 8 यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म तिम्रो विरूद्धमा तरवार चलाउँछु! म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। 9 मिश्र देश शून्य अनि नष्ट हुनेछ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’ 10 यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ। 11 मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्। 12 म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।” 13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। 14 म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन। 15 यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन। 16 अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।” 17 देशबाट निकालिएको सत्ताईसौं वर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।” 19 यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ। 20 मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो। 21 “त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

30:1 परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो, 2 “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छरूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।” 3 त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ। 4 मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्। 5 “धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्। 6 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो! 7 मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ। उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए। 8 म मिश्रमा आगो लगाउँछु अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ। 9 त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ। 10 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु। 11 नबूकदनेस्सर अनि त्यसका मानिसहरू राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्। म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु। तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्। त्यो देश लाशले भरिनेछ। 12 म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!” 13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु! म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु। भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन, अनि म मिश्रबाट डर हटाउनेछु! 14 म पत्रोसलाई खाली गरीदिन्छु। म सोअनमा आगो लगाई दिन्छु अनि म नो शहरलाई दण्ड दिनेछु। 15 अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध वर्षाउँनेछु! म नो शहरको मानिसहरू नष्ट पार्छु। 16 म मिश्रमा आगो लगाउँछु। सीन नामक ठाँउ डरले पीडित हुन्छ, नो शहरमा सैनिकहरू लड्नेछन। अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ। 17 ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन् अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ। 18 यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन। तिनका घमण्डी शक्ति समाप्त हुनेछ। मिश्र कालो बादल द्वारा ढाकिने छ। अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्। 19 यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘ 20 देशबाट निकालिएको एघारौं वर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।” 22 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु। 23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। 24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ। 25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु। 26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

31:1 देशबाट निकालिएको एघारौं वर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन “‘तिमी अति नौ महान छौ। तिमीलाईं कोसित तुलना गर्न सकिन्छ? 3 अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो। 4 पानीको मूलले त्यसलाई पोषण गर्यो। नदीको पानीले त्यसलाई अग्लो बनायो! नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे। जहाँ रूखहरू रोपिएका थियो। अरू मैदानको रूखहरूकोलागि यहींबाट पानीको नालाहरू जान्थे। 5 यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो। 6 रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे। 7 यसकारण रूख आफ्नो महानता अनि लामो हाँगाहरूमा सुन्दर थियो। किन? किनकि यसको जराहरूमा यथेष्ट पानी थियो। 8 परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो। 9 मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले यो रूखको ईर्ष्या गर्थ्यो!”‘ 10 यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ। 11 यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ। 12 विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए। 13 अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले। 14 “अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।” 15 परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए। 16 मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे। 17 हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो। 18 “यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

32:1 देशबाट निकालिएको बार्हौं वर्षको बाह्रौं महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘ 3 परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु। अब म तिमीमाथि आफ्नो जाल फिजाँउछु। त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्। 4 त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु! म तिमीलाई खेतमा फ्याँकिदिन्छु। तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु। म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान अनि पेट भर्नका निम्ति बोलाउँछु। 5 म तिम्रो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु। म तिम्रो लाशले बेंसीहरू भरिदिन्छु। 6 म तिम्रो रगतले पहाड भिजाउनेछु अनि भूमिमा सोसाउँछु। अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन। 7 म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन। 8 म सबै चम्किने ज्योतिहरूलाई आकाशमा तिमीमाथि कालो बनाई दिन्छु। म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।” परमप्रभु मेरा मालिक भन्नुहुन्छ। 9 “अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा जुन तिमी चिन्दैनौ ल्याउनेछु, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु। 10 म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।” 11 किन? किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ। 12 म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ। 13 मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्। 14 यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो, 15 “म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ! 16 “यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो। 17 देशबाट निकालिएको बाह्रौं वर्षमा त्यही महीनाको पन्ध्रौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्। 19 “मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत। 20 “मिश्रलाई ती अरूहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले उ अनि उसका मानिसहरूलाई टाडा तानेर लगे। 21 “बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्। 22 “अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्। 23 तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। 24 “एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए। 25 तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो। 26 “मेशेक, तूबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चारैतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। 27 तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे। 28 “मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्नैछौ जो युद्धमा मारिएका छन्। 29 “एदोम पनि त्यहीं छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरूहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्। 30 “उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए। 31 “फिराऊनले ती मानिसहरूलाई देख्नेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो। 32 “जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मलिकले यसो भन्नुभयो।

33:1 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्। 3 यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ। 4 यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ। 5 उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो। 6 “‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’ 7 “अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ। 8 म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु। 9 तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बद्लि गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।” 10 “यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’ 11 “तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’ 12 हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’ 13 “म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ। 14 “अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलि गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ। 15 उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन! 16 बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ! 17 “तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’“तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बद्लिनु पर्छ! 18 यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ। 19 अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ। 20 तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।” 21 देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!” 22 अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो। 23 त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’ 25 “तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु? 26 तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’ 27 “‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्। 28 त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन। 29 तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।” 30 “‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।” 31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्। 32 “‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ। 33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।”‘

34:1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ? 3 तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा मार्छौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ। 4 तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ। 5 “‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए। 6 मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”‘ 7 यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ। 8 “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।” 9 यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन! 10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।” 11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु। 12 यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए। 13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु। 14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्। 15 हो, म आफ्नो भेडालाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो। 16 “म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।” 17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु। 18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ? 19 मेरो भेडाले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?” 20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु! 21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ। 22 यसकारण म आफ्नो भेडाहरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेडा अनि अर्को बीचमा न्याय गर्नेछु। 23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। 24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें। 25 “म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ। 26 म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ। 27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ। 28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन। कसैले उनीहरूलाई आतंकित पार्ने छैन। 29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्। 30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमेश्वर परमप्रभु हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो। 31 “तिमी मेरो भेडा हौ, मेरो र्खकका भेडा, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

35:1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन। 3 त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ। 4 म तिम्रा शहरहरू नष्ट गरिदिन्छु, अनि तिमी खाली हुनेछौ त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ। 5 किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘ 6 यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ। 7 म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ। 8 म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ। 9 म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।” 10 तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”तर परमप्रभु त्यहाँ हुनुहुन्छ। 11 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईष्या गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायौ। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु। 12 त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’ 13 तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।” 14 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “त्यस समय सारा पृथ्वी प्रसन्न हुन्छ, जब म तिमीलाई नष्ट पार्छु। 15 तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

36:1 “हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन। 2 तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’ 3 “यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।”‘ 4 यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्। 5 परमप्रभु मेरा मालिक भन्नुहुन्छ ‘म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।” 6 “यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।”‘ 7 यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्। 8 “तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्। 9 म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्। 10 तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्। 11 म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढनेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ। 12 हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।” 13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराम्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पार्यौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयौ। 14 अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो। 15 “म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो। 16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए। 18 तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ। 19 मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए। 20 उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’ 21 “इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दुख अनुभव गरे। 22 यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु। 23 म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”‘ परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो। 24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु। 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।” 26 परमेश्वरदले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु। 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ। 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।” 29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रनको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन। 30 म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ। 31 तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।” 32 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गमा लज्जित अनि व्याकुल हुनु पर्ने।” 33 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्। 34 उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन। 35 उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”‘ 36 परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।” 37 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छु “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आवोस अनि यी कुराहरू तिनीहरूका निम्ति मागुन्। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेडाको बगालहरू जस्तै हुन्छन्। 38 यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेडा अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”

37:1 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। 2 बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए। 3 त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनुसक्छ?” मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।” 4 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। 5 परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ। 6 म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।”‘ 7 यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले। 8 मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन। 9 तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।”‘ 10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो। 11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ 12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। 13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। 14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।”‘ परमप्रभुले यसो भन्नु भएको भयो। 15 परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ 17 त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिम्रो हातमा एउटा लौरो हुनेछ। 18 “तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो? 19 तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’ 20 “तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं। 21 मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। 22 म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्। 23 तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए। 24 “‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्। 25 तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ। 26 म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैं रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु। 27 मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्। 28 तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैं इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।”‘

38:1 परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन। 3 उसलाई भन कि स्वामी परमप्रभु भन्नुहुन्छ, ‘गोग तिमी मेशेक अनि तूबल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हौं। तर म तिम्रो विरूद्धमा छु। 4 म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्। 5 फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ। 6 त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्। 7 “‘तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहन पर्छ। 8 लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्। 9 तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।”‘ 10 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिम्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ। 11 तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्‌छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन। 12 म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लडछु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’ 13 “शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?”‘ 14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्। 15 तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ। 16 तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने र्गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।”‘ 17 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिम्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरें। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरूद्ध युद्ध गर्न ल्याउँछु।” 18 परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरूद्ध युद्ध गर्नु आउँनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु। 19 क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ। 20 त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जंगली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।” 21 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्। 22 म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु। 23 त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।”

39:1 “हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु। 2 म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु। 3 तर म तिम्रो धनुलाई तिम्रो देब्रे हातबाट तल खसालिदिन्छु। म तिम्रो दाहिने हातबाट तिम्रो काँड तल झारिदिन्छु। 4 तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु। 5 तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।”‘ परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो। 6 परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ। 7 म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन्। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु। 8 त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु। 9 “त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात वर्ष सम्म प्रयोग गर्नेछन्। 10 तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जंगलमा दाउराहरू काटन पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाउराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो। 11 परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’ 12 इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाडने छन्। 13 देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 14 परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्। 15 ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिञ्जेल सम्म चिह्र रहनेछ। 16 त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।” 17 परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ। 18 तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्। 19 तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिम्रो पेट भरिदैन्। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्रा निम्ति मारे। 20 मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।”‘ परमप्रभु मेरा मालिक यसो भन्नुभयो। 21 परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे। 22 तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ। 23 अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए। 24 उनीहरूले पाप गरे अनि आफैलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।” 25 यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु। 26 मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्। 27 म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु। 28 तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ। 29 म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।

40:1 हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। 2 दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो। 3 परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो। 4 त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।” 5 मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौडाई मोटो नाप्यो। त्यो एक हात चौडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो। 6 त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो। 7 रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो। 8 तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रशेव कक्ष नाप्यो जुन यो एक टाँगो चौडाको थियो। 9 यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो। 10 मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए। 11 त्यस मानिसले मूल-ढोकाको दैलोको चौडाइ नाप्यो। यो दश हात चौडा अनि तेह्र हात लामो थियो। 12 प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौडा छ हात थियो। 13 त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो। 14 त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो। 15 प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो। 16 रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए। 17 तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें। 18 पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो। 19 त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्री पट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो। 20 तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो। 21 यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 22 यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो। 23 भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो। 24 तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो। 25 यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो। 26 सातवटा खुट्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूरको नक्शा थियो। 27 भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो। 28 त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो। 29 कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो। 30 त्यसको चारैतिर त्यहाँ एउटा प्रवेश कोठा थियो। दलानहरू पच्चीस हात लामो अनि पाँच हात चौंडाको थियो। 31 प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए। 32 त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो। 33 पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो। 34 त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूरको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँढीमा आठवटा खुड्किला थिए। 35 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात, 36 यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो। 37 बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए। 38 एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे। 39 मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो। 40 दलानको बाहिर जहाँ उत्तरी मूल-ढोका खोलिन्छ, त्यहाँ दुइवटा टेबल थियो अनि मूल-ढोकाको प्रवेश कक्षको अर्को तिर दुइवटा टेबल थियो। 41 मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे। 42 होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे। 43 चार औंला चौडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो। 44 भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो। 45 त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो। 46 तर त्यो कोठा जसको दलान उत्तरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निम्ति हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निम्ति हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैसित बलि ल्याएर गर्न सक्छ।” 47 त्यस मानिसले चोक नाप्यो। चोक पूर्ण वर्गाकारको थियो। त्यो एक सय हात लामो अनि एक सय हात चौडाको थियो। वेदी मन्दिरको छेउमा थियो। 48 त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो। 49 दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।

41:1 त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो। 2 प्रवेश-द्वारको दश हात चौडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौडा थियो। 3 तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो। 4 त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।” 5 त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौडा मन्दिरको चारै तिर थियो। 6 छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन। 7 मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको करण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अघिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँढी बीचको तलाबाट गएको थियो। 8 मैले यो पनि देखें कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो। 9 छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो। 10 अनि पूजाहारीको कोठाहरूको बीच खुला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो। 11 छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौडा थियो। 12 पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो। 13 त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भितासँगको चोक पनि एक सय हात लामो थियो। 14 मन्दिरको पूर्व अनि चोकहरूको चौडा सय हात थियो। 15 त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भिताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो। सबै झ्यालहरू अनि ठोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि 16 17 ढोकामाथि सम्म थिए। भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजूरको चित्र खोपिएको थियो। 18 दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए। 19 दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो। 20 बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो। 21 पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो। 22 त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।” 23 बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो। 24 एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो। 25 बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो। 26 अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।

42:1 तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो। 2 भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे। 3 भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो। 4 त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो। 5 माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो। 6 कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो। 7 त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो। 8 बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामो थिए। 9 यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो। 10 बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए। 11 यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लमाई चौडाइमा त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो। 12 दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो। 13 त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि। 14 पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।” 15 त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो। 16 त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो। 17 त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो। 18 उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो। 19 त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो। 20 उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।

43:1 त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो। 2 त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो। 3 दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ। 4 परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो। 5 त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो। 6 मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो। 7 मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन। 8 तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे। 9 अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु। 10 “अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्। 11 “यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्। 12 मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो। 13 “वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो। 14 तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौडा थियो। 15 वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो। 16 वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पुरै वर्गाकार थियो। 17 किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।” 18 त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ। 19 त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।”‘ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 20 “तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ। 21 तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ। 22 “अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो। 23 जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेडाको पाठो बलिदान चढाउनु आवश्यक्ता पर्छ। 24 त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ। 25 तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ। 26 पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ। 27 यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समप्रित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

44:1 त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौ अनि बाहिरी मूल-ढोका बन्द थियो। 2 परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन्। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किन? किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ। 3 मानिसहरूको शासक परमप्रभुसित भोजन गर्नेछन् यो द्वारमा बस्नेछन्। तिनी मूल-ढोकामा दलानको द्वारबाट प्रवेश गर्छन अनि त्यही बाटोबाट बाहिर जान्छन्।” 4 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें। 5 परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिम्रो आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर। 6 तब बागी इस्राएलका घरानालाई यो खबर देऊ उनीहरूलाई भन, परमप्रभु मेरो मालिक भन्नुहुन्छ, ‘हे इस्राएलको घराना हो, मैले तिमीहरूले गरेका भयंकर कुराहरू आवश्यकता भन्दा ज्यादा सहें। 7 तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ। 8 तिमीले मेरा पवित्र चीजहरूको हेरचाह गरेनौ। अहँ, तिमीहरूले विदेशीहरूलाई मेरो पवित्र स्थानको उत्तरदायी बनायौं।”‘ 9 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि म प्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ। 10 अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुसरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्। 11 लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए। 12 तर लेवीहरू मेरो विरूद्ध पाप गर्न मानिसहरूलाई सहायता गरे। तिनीहरूले मानिसहरूलाई आफ्नो मूर्तिहरू पूजा गर्न लगाए। यसकारण म तिनीहरू विरूद्ध प्रतिज्ञा गर्दैछु, ‘तिनीहरू आफ्नो पापका निम्ति दण्डदायी हुनेछन्।”‘ परमप्रभु मेरा मालिकले यो कुराहरू गर्नुभयो। 13 “यसकारण लेवीहरूले बलिहरू मकहाँ पूजाहारीहरूले जस्तो ल्याउदैनन्। तिनीहरू मेरो कुनै पवित्र चीजसँग अथवा महापवित्र वस्तुको छेउमा जाँदैनन्। तिनीहरूले तिनीहरूको लाज बोक्नु पर्छ किनभने तिनीहरूले डरलाग्दा कामहरू गरेकाछन्। 14 तर म तिनीहरूलाई मन्दिर हेरचाह गर्ने काम दिनेछु। तिनीहरूले मन्दिरको काम गर्नेछन् अनि ती सबै काम गर्नेछन् जुन यहाँ गरिन्छ। 15 “सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 16 “तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउँनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ। 17 जब तिनीहरू भित्री चोकको मूल-ढोकामा प्रवेश गर्नेछन् त्यतिबेला तिनीहरूले बहुमूल्य लुगा लगाउनेछन्। जब तिनीहरू चोकको मूल-ढोकाभित्र मन्दिरको सेवा गर्छन, त्यस बेला तिनीहरूले ऊनीको लुगा लगाउँछन्। 18 तिनीहरूले टाउकोमा सूतीको फेटा लगाउनेछन् अनि कम्मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले त्यस्तो लुगा लगाउँदैनन् जसबाट पसिना आउँछ। 19 तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्। 20 “ती पूजाहारीहरूले आफ्नो शिरको केश खौराउँने छैनन् तर तिनीहरूले केश लामो हुन दिनेछन्। पूजाहारीहरूले आफ्नो शिरको केश छोट्‌याउँनु मात्र सक्छन्। 21 कुनै पनि पूजाहारीले त्यस समय दाखरस पिउन सक्नेछैनन् जति बेला तिनीहरू भित्री चोकमा जान्छन्। 22 पूजाहारीहरूले विधवा अथवा त्यागेकी स्त्रीसँग विवाह गर्न हुँदैन। तिनीहरूले इस्राएलको वंशका कन्याहरूसँग विवाह गर्नु पर्छ, अथवा त्यस्तो विधुवासँग विवाह गर्न सक्छन् जसको पति पूजाहारी थियो। 23 “पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्। 24 पूजाहारीहरू न्यायलायमा न्यायाधीश हुन्छन्। तिनीहरूले मानिसहरूसँग न्याय गर्दा मेरो नियमहरू अनुसरण गर्छन। तिनीहरू मेरो विशेष व्यवस्थाको समयमा मेरो नियम विधि-विधानहरू पालन गर्नेछन्। तिनीहरूले मेरो विशेष विश्रामको दिनको सम्मान गर्नेछन् अनि त्यसलाई पवित्र राख्नेछन्। 25 तिनीहरू मानिसहरूको लाशहरूको छेउमा जानु हुदैन किनभने यसले तिनीहरूलाई अशुद्ध बनाउँछ। तर ती त्यस बेला आफूलाई अपवित्र गर्न सक्छन् यदि मर्ने मानिस बाबु-आमा, छोरा-छोरी, दाजू-भाइ अथवा अविवाहित दिदी-बहिनी हुन्छन्। 26 शुद्ध गरिए पछि पूजाहारीहरूले सात दिन सम्म प्रतिक्षा गर्नुपर्छ। 27 त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 28 “लेवीहरूको आफ्नो जमीनको विषयमा तिनीहरूको पैतृक सम्पत्ति म नै हुँ। इस्राएलमा लेवीका परिवारलाई कुनै पनि सम्पत्ति दिनुहुँदैन। म नै तिनीहरूको अधिकारी हुनेछु। 29 तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छ्न, त्यो तिनीहरूको हुनेछ। 30 प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुछेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउने छ। 31 पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जंङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।

45:1 “जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौडाको होस्। त्यो जमीन पवित्र हुनेछ। 2 पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ। 3 त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हातलामो अनि 10,000 हातचौडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ। 4 “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। 5 दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ। 6 “तिमीले शहरलाई 5,000 हात चौडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। 7 पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। 8 यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।” 9 परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो। 10 “मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर। 11 एपा (सूखा चीजहरूको नाप) अनि बाथ (द्रवको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ। 12 एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ। 13 “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ एपाको छैटौं भाग गहुँको हरेक होमर छ बुशल गँहु लागि एपाको छैटौं भाग जौंको हरेक होमर 14 बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ। याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ! 15 दुइसय भेडाहरूबाट एउटा भेडा इस्राएलको असल पानी लगाएको र्खकबाट ल्याऊ। यो भेडा अन्नबलि, “होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ। 16 “देशको हरेक मानिसले इस्राएलको शासकका निम्ति यो भेटी दिन्छ। 17 तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।” 18 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ। 19 पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ। 20 तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ। 21 “पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ। 22 त्यस समय शासकले एउटा गोरू आफ्नोलागि तथा इस्राएलको मानिसहरूको निम्ति भेटी दिन्छ। गोरू पापबलिको निम्ति हुन्छ। 23 उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेडाबलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ। 24 शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेडासित एक एपा अन्न भेटी चढाउनु पर्छ। शासकहरूले एक हीनतेल हर एपा अन्नको लागि दिनुपर्छ। 25 शासकले यही कार्य झुप्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”

46:1 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ। 2 शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन। 3 देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन। 4 “शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ। 5 उसले एक एपा अन्नबलि भेडासँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेडासँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ। 6 “औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छवटा थुमा अनि एउटा भेडा, जसमा कुनै खोट छैन् भेटी दिन्छ। 7 शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे भेडासँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ। 8 शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ। 9 “जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ। 10 जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ। 11 उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेडासँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ। 12 “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमाजस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ। 13 “तिमीले एक वर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ। 14 तिमीले प्रत्येक बिहान भेडासँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाइ भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ। 15 यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।” 16 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो। 17 तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ। 18 अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।” 19 त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें। 20 त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन् । किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।” 21 त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो। 22 चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौडाको थियो। चारै कुनाको नाप बराबर थियो। 23 भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए। 24 त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”

47:1 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो। 2 त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो। 3 त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढयो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो। 4 उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्नु ल्यायो। त्यहाँ पानी घुडा घुडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्नु लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो। 5 त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो। 6 तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो। 7 म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें। 8 त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ। 9 यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्। 10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्। 11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ। 12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किन? किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।” 13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ। 14 तिमीले जमीन बराबर बाँड्नेछौ। मैले यो जमीन तिमीहरूका पिता-पुर्खाहरूलाई दिने प्रतिज्ञा दिएको थिएँ। यसकारण म यो जमीन तिमीलाई दिंदैछु। 15 “यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म, 16 बेरोतह, सिब्रैम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हात्तीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ। 17 यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ। 18 “पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो। 19 “दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो। 20 “पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ। 21 “यस्तो प्रकारले यो भूमि तिमीले इस्राएलमा कुल समूहमा बाँड। 22 तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ। 23 त्यो कुल समूह जोसँग तिनीहरू बस्छन्, तिनीहरूलाई केही जमीन दिइनेछ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

48:1 “उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा। 2 3 4 5 6 7 8 “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ। 9 तिमीले यो भूमि परमप्रभुलाई समर्पन गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौडा हुनेछ। 10 भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ। 11 यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किन? किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्। 12 यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो। 13 “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौडाई क्रमश 25,000 हात लामो अनि 10,000 हात चौडा हुनेछ। 14 लेवीहरूले यो भूमिको कुनै पनि भाग न ता बेच्नेछन नता व्यापार गर्नेछन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार राख्ने छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किन? किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष हो। यो भूमिको सर्वोत्तम भाग हो। 15 “भूमिको एक क्षेत्र 5,000 हात चौडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको उपयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ। 16 शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ। 17 शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ। 18 पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ। 19 शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्। 20 “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ। 21 “यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ। शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ। 22 23 “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलून अनि गाद। 24 25 26 27 28 “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा सागर सम्म पुग्छ। 29 अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँडनेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो। 30 “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ। 31 त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका। 32 “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका। 33 “दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका। 34 “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका। 35 “चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”